काठमाडौं, जेठ ४ – ग्राहकको स्वास्थ्योपचारमा सघाउन माछापुच्छ्रे बैंकले ‘एमबीएल केयर क्रेडिट’ सुविधा सञ्चालनमा ल्याएको छ । यो सुविधाअन्तर्गत बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको ‘एमबीएल केयर क्रेडिट’ सुविधाअन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने छन् ।
उक्त सुविधाअन्तर्गत बैंकले ग्राहकलाई १० लाख रुपैयाँसम्मको रकम प्रदान गर्ने छ । बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि यो सुविधा उपभोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।
हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहानेले बैंकको वेबसाइटमा गइ क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने छन् । हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकलाई अप्ठ्यारो पर्दा उपचारका लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने विश्वास बैंकले गरेको छ ।
माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकको सुविधालाई दृष्टिगत गर्दै विभिन्न समयमा यस्ता सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकले उक्त सुविधा बैंकको देशैभर रहेका १६० वटै शाखामार्फत सजिलै लिन सक्ने बैंकको भनाइ छ ।
FACEBOOK COMMENTS