कोभिड–१९को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन्।दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल रअग्रपक्तिमा खटिएका ‘कोभिड वारियर’ हरुलाई हस्तानान्तरण गरिसकेका छन्।
शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बलअस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोगअग्रंपक्तिमा खटिएका दुई समाजिक संस्था मार्फत केही सामाग्री हस्तानान्तरण गरिसकेका छन् भने केही सामाग्री एक दुई दिनमै हस्तानान्तण गर्दैछन्।
शंकर समूहकाअध्यक्ष शंकरलालअग्रवाल र इन्फिनिटी होल्डिङकाअध्यक्ष दीपकभट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए।उनीहरुले यस मानविय संकटमाअधुरा र उधारो बाचा भन्दाअहिलेको तत्कालआवश्यकताकोपूर्तीका लागिआफुहरु सक्रिय रहेकोबताए।
यो समूहकाअनुसार केही दिनमै धनगढी स्थित सेती प्रादेशीकअस्पतालमाअत्याधुनिक तथा बहुउपयोगीअक्सिजन प्लान्ट जडानको तयारी भइरहेकोछ।फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभा एयर मेडिकल्स कम्पनीकोअक्सिजन प्लान्टले ४५शैंयाँमा ‘हाइफ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन हुनेछ।
दुबै कम्पनीले पहिलो चरणमा वीरअस्पतालको नयाँ भवनमा ५०शैयाँका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोल लगायतका सामाग्री हस्तानान्तरण गरेको छ।यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शैयाँका साथै त्यसका लागि आवश्यक सामाग्री हस्तानान्तरण गरिएको छ।
कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल रसुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशन मार्फत सहयोग हस्तानान्तरण गर्दैआएको छ।
शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटर सहितकाअक्सिजन सिलिण्ड र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरीअस्पताल बलम्बुलाई एक दुई दिनमै हस्तानान्तरण गर्दैछ।यस्तै रुपन्देहीमाअग्रपक्तिमा खटिएका ‘कोभिडवारियर’ का लागि५० हजार मास्क उपलब्ध गराइएको छ।
यो समूहले सुदूर पश्चिम प्रदेशका लागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एक सय थान सिलिण्डर हस्तानान्तरण गर्दैछ।
यो समूहले सुदूरपश्चिम प्रदेशका लागि डेढ लाख थान मास्क, २०० थान पीपीई सेट प्रदान गरिसकेको छ।यस अघि उक्त समूहले वीरअस्पतालमाअंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयमसेवामा खटिएका हामीनेपालका स्वयमसेवकका लागि २५० वटा पीपीइसेट, २०० फेस सिल्ड र पाँच हजार मास्क दिएको छ।
‘अहिलेको महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमाआवश्यक सामग्री दिएका हौं,’ योसमूहले भनेको छ, ‘तत्काल आवश्यक पर्ने सहयोग गरेर केही व्यक्ति बचाउन सकियो स्भन्ने उद्देश्यले यी सामग्री हस्तान्तरण गरेका हौं।’
FACEBOOK COMMENTS