काठमाडौं, जेठ ७ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपतिसमक्ष पेश भएका दुवै दाबी जाली र कीर्ते भएको बताएका छन् । दुवै कीर्ते दाबी खारेज गरेर चुनाव घोषणा गर्न राष्ट्रपतिलाई थापाले आग्रह गरेका छन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६(५) अनुसार ‘बिश्वासको मत प्राप्त गर्ने’ आधार छैन । दुवै जाली र कीर्ते हुन् । दुवै खारेज गरी संविधानबमोजिम चुनाव घोषणा होस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’
FACEBOOK COMMENTS