काठमाडौं, जेठ ८ – कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ ।
सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न सफल भएका छन् ।
ती युवाहरुले चीनबाट ग्यास आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुर्याएर ठूलो सेवा दिएका छन् ।
उनीहरुले बुधबार चीनबाट ५ सय ५० थान अक्सिजन सिलिन्डर मगाउन सफल भएका हुन् । -नागरिक दैनिक
FACEBOOK COMMENTS