नेपालमा उद्योग सञ्चालनका गर्ने वातावरण नभएकोे उद्योगी व्यवसायीले बताउँदै आएका छन् । जुन सरकार आएपनि उद्योगमैत्री वातावरण बनाउछुँ भन्छन् तर व्यवहारत वातावरण बन्दैन । अहिले दुईतिहाईको शक्तिशाली सरकार आएको पनि एक वर्ष हुन लाग्यो तर उद्योग मैत्री वातावरण बनेन् । सरकारले अपेक्षा गरेको लगानी पनि उद्योगमा आएन । सरकारले फुटवयेर उद्योगलाई निर्यात उद्योगको रुपमा चित्रण गर्दै पनि आएको छ । तर नेपालमा स्वदेशी भन्दा विदेशी फुटवयेरको समान खपत धेरै छ । नेपालमा स्वदेशी समानको प्रयोगमा भन्दा विदेशी वस्तुमा बढी ध्यान किन ? नेपालमा फुटवयेर उद्योग सञ्चालन गर्न के के समस्या छन् भन्ने लगाएतका विषयमा मिलानो शु का डाईरेक्टर प्रदिप अग्रवाल संग बसन्त अर्यालले गरेको कुराकानीः
कति भो फुटवयेर व्यवसाय सञ्चालन गरेको ?
मिलानो शु को ब्राण्ड नाम लिएर सुरु गरेको २ वर्ष भयो । मार्केटमा आएको त्यस्तै डेढ वर्ष भयो । पुखौलि पेशा त कपडा व्यवसाय हो । बुवाको पालामा जुत्ता चप्पलको व्यव्यसाय नगरेको होईन । झण्डै २५ वर्षपछि फेरी फर्केर फुटवयेरमै आयौ ।
अहिले के के वस्तु उत्पादन गर्नुभएको छ ?
नेपालमै पहिलो पटक हामीले पियु सोलमा जुत्ता लिएर आएका छौ । पियुका चप्पल, नर्सिङ सेन्डल धेरै लोकप्रिय भएको छ । यो वर्षबाट धेरै प्रकारका नयाँ डिजाइनका जुत्ता निकाल्दै छौ । बच्चा देखी वृद्ध सम्मलाई हुने सबै किसिमका जुत्ता चप्पल उत्पादन गरेका छौ । डिजाइन ठाउँ अनुसार सबैले बेग्लै प्रयोग गर्छन् । तराईमा मिलानोको चप्पल लगाएर विबाह, भोज, अफिसमा पनि जान्छन् । अरु शहरमा लगाउने जुत्ता पनि छन् । यसको मतलब के हो भने जस्तोसुकै इभेन्टको लागि पनि मिलानोको शु प्रयोग गर्न सकिन्छ । सबैले प्रयोग गरिरहेकै छन् ।
धेरैले नेपाली ब्राण्ड भन्दा विदेशी ब्राण्ड राम्रो भन्छन् नि ?
यो मुख्य समस्याको रुपमा देखापरेको छ । यसलाई चिर्न हामि प्रयासरत छौ । हामिले अहिले इटालिएन प्रविधीको प्रयोग गरी जुत्ता उत्पादन गरिरहेका छौ । हाम्रो फुटवयेर इन्टरनेश्नल ब्राण्ड भन्दा केहि कम छैन । मैले नेपाली दाजु भाइलाई के भन्न चाहान्छु भने नेपालको उत्पादन पनि अब विदेशी भन्दा कम छैन । स्वदेशी उत्पादनलाई पनि प्राथमिकता दिनोस भन्ने अनुरोध छ ।
तपाईहरुले विदेशमा पनि निर्यात गर्नु हुन्छ कि स्वदेशमै खपत हुन्छ ?
शुरुवातमा हामिले नेपाललाई मात्र फोकस गरेका छौ । हाम्रो उत्पादन नेपालि बजारमै अपुग छ । तर एक वर्ष भित्रमा हामीले मिलानो फुटवयेरको समान विदेशमा पनि निर्यात हुन्छ ।
नेपाली श्रम बजारमा जहिले पनि जनशक्ति अभाव छ भनिन्छ तर नेपालमा बेरोजगार युवाको सङ्ख्या पनि धेरै नै छ । जनशक्तिलाई उद्योग संग कसरी जोड्ने ?
फुटवयेर उद्योगको लागि सबैभन्दा ठुलो समस्याको रुपमा दक्ष जनशक्ति हो । दक्ष भन्दा पनि अहिले त जनशक्ति नै नपाउने अवस्था छ । यसको कारण सामाजिक पक्ष पनि हो । युवाहरु नेपालमा सानो तिनो काम गर्न लजाउँछन् । विदेशमा गएर जस्तो सुकै काम गर्न पछि नहट्ने हाम्रा युवा यहाँ काम गर्दैनन् । जब सम्म कामलाई सानो र ठुलो भनेर धारणा बनाइन्छ तब सम्म यस्तो समस्या हट्दैन । फुटवयेर यस्तो पेशा हो जहाँ मेसिनले सबै काम गर्न सक्दैन् । यस उद्योगमा हातको काम धेरै हुनाले जनशक्ति धेरै चाहिन्छ । नेपाली युवा काम गर्न तयार हुने हो भने बेरोजगारको ५० प्रतिशत युवा हामी खपत गर्न सक्छौ । यसको लागि हामी त टे«निङ दिन पनि तयार छौ । अहिले त कस्तो भयो भने हाम्रा निति पनि पाए सम्म युवालाई बाहिर पठाउने । युवा निर्यतका नितिनियम परिवर्तन छिटो छिटो हुन्छन् तर नेपालमै काम गर्ने वातावरण बनाउने काममा कोहि लाग्दैनन् । जबसम्म सरकारले उद्योगलाई प्रथमिकता दिदैन र रेमिट्यान्समा भर पर्छ तब सम्म यो समस्या समाधान हुदैन ।
यसमा सरकारमात्र देषी कि उद्योगी पनि ?
उद्योगीहरु त अहिले पनि भारत बाट जनशक्ति लिएर उद्योग चलाईरहेका छन् । जनशक्ति अभावहुनुमा सरकार, उद्योगी र समाज नै दोषी छ । यो सबै मिलेरै समाधान गर्ने हो । यसमा सरकारको मुख्य भुमिका हुन्छ । युवाहरु विदेश जाँदा सामाजिक विचलन आएको छ । विदेशमा बसेर पैसा कमायो घर फर्कदा न त श्रीमती न त पैसा भएको धेरै उदाहरण छन् । यसकारण समाजमा पनि नेपालमै काम गर्न पाए आफ्नो परिवार संग बस्न पाइन्छ भन्ने धारण बन्दै गएरको छ । सामाजिक विचलन प्रति धेरै सचेत हुँदै गएका पनि छन् यसले युवालाई स्वदेशमै कामगर्न उत्पेरित गर्छ तर सरकारले यसमा मुख्य भुमिका खेल्नु पर्छ । अहिले केहि युवा काम गर्छु भन्दै आउँछन् काम सिकायो ४÷५ महिनामा काम छाडेर विदेश जान्छ । विदेश जाने भिषा नलान्ने बेला सम्म मात्र हाम्रोमा काम गर्छन् त्यसपछि जान्छन् । हामिहरुले केहि सिके भन्ने बेलामा काम छाड्छन् । यसले गर्दा नेपाली कामदार प्रतिको विश्वास पनि गुम्दै गएको छ ।
कामदारको पनि आफ्नै गुनासो छ नेपामा काम गर्यो भने १२÷१५ हजार भन्दा तलब पाईदैन । विदेशमा गयो भने ३५ ÷ ४० हजार मासिक कमाइन्छ भन्ने छ नि ?
अघि पनि भनि सके फुटवयेर भनेको धेरै जनशक्ति खपत गर्ने उद्योग हो । जनशक्ति विना त हामिले उद्योग चलाउने कल्पना पनि गर्न सक्दैनौ । हाम्रो उद्योगले ३०÷३५ हजारमात्र होईन लाख सम्म कमाउने पनि जुत्ता उद्योगमा काम गर्छन् । यो उद्योगमा अलिकति दक्ष भए ३०÷३५ हजार तबल केहि पनि होइन यस भन्दा धेरै दिन सकिन्छ । हाम्रो अपेक्षा कामदार संग के हुन्छ भने अलि लामो अवधी उद्योगमा काम गरोस् । केहि सिक्ने अनि विदेश जाने भन्ने हुनु भएन् ।
उद्योग सञ्चालनको लागि नितिनियममा के छन् समस्या ?
आजकै दिनमा हेर्ने हो भने ४ करोड जुत्ता आयत भयो भन्ने सरकारी तथ्याङ्कले देखाउँछ । ४ करोड जुत्ताको राजस्व कति उठ्यो भन्ने हिसाब गर्ने हो भने एक जोर जुत्ता सय रुपैयाँमा आईरहेको छ । आजको दिनमा सय रुपैयाँमा त जुत्ताको सोल सम्म आउँदैन । यसले के देखाउँछ भने सरकारको राजस्व पनि गुमिरहेको छ र राजस्व छलेर आएको जुत्तासंग प्रतिस्पर्धा गर्न सकेका छैनौ । सरकारले यसलाई गभिरता पुर्वक हेनुपर्छ ।
यसको अलवा विदेशी विनिमय भण्डारण , जनशक्ति व्यवस्थापन, कच्चापदार्थको व्यस्वस्थापन गरेर उद्योगमैत्री वातावरण बनाउनुमा सरकारले ध्यान दिन जरुरी छ । सरकारले आयतित वस्तुबाट राजस्व उठाउने नितिमात्र लिएर हुँदैन । उद्योगमैत्रि वातावरण बनाउन जरुरी छ ।
कच्चा पदार्थको पनि समस्या भन्नु भयो…..
हामीले उद्योग २४ सै घण्टा चलाउन पायौ भने हामिलाई दैनिक कच्चा पदार्थ चाहिन्छ । हाम्रो उद्योग २४ घण्टा चल्यो भने कच्चा पदार्थ बनाउने मान्छेलाई पनि पसाउँछ । अहिले हामीले आफ्नो उद्योग ८ घण्टा चलाउन सकेका छैनै भने कच्चा पदार्थको उद्योग नेपालमा कसरी चल्छ । राम्रो संग फुटवयेर उद्योग चले भने कच्चा पदार्थ उद्योग त त्यसै सञ्चालनमा आइहाल्छन् नी । यसले गर्दा रोजगार सिर्जना हुन्छ, विदेशी विनियमको भण्डारण बढ्छ । नेपालको अर्थतन्त्र सवल हुन्छ । अहिले ९५ प्रतिशत भन्दा पनि धेरै कच्चा पदार्थ आयत गर्नु परेको छ । कच्चा पदार्थको खपतको लागि जुत्ता उद्योग राम्ररी चल्नु पर्छ ।
सरकारले फुटवयेर क्षेत्रमा विदेशी लागानी भित्राउने कुरा गरिरहेको छ यसले स्वदेशी उद्योगलाई कस्तो असर गर्छ ?
अहिले विदेशी आएर नेपालमा लगानि गर्छ भने त हामी स्वागतनै गर्छौ । किनभने नेपालमा फुटवयेरको गुणस्तर जति बड्दै गयो हामीलाई त राम्रै हो । तर अहिलेकौ माहोलमा कुनै विदेशी आएर नेपालमा लगानी गर्छ जस्तो मलाई लाग्दैन । किनभने सरकारले उद्योगमैत्री वातावरण बनाउँछु भनेको छ तर वातावरण बनेको छैन । जब सम्म सरकार स्पष्ट हुुँदैन तब सम्म विदेशीले उद्योग खोल्दैनन् । सरकारले कस्ता नितिनियम अबलम्बन गर्ने हो त्यसमा किलियर हुनु आवश्यक छ । अर्को नेपालमा उत्पादित वस्तुलाई सरकारले प्रवद्र्धन गर्न जरुरी छ । जस्तो सरकारी कार्यलयमा स्वदेशी उत्पादनको खपत गर्ने सरकारले नितिलियो भने उद्योगीको हौसला त बढ्छ नि । उद्योगीको हौसला बढेपछि हामिले नयाँ नयाँ प्रविधी भित्राउँछौ । यसले समानमा गुणस्तर ल्याउँछ , कच्चा पदार्थ उत्पादनका उद्योगहरु बढ्छन् । सरकारको सहयोग हामीलाई अति आवश्यक छ ।
अन्त्यमा केही ?
तपाईहरु मार्फत सम्पुर्णलाई के आग्रह छ भने स्वदेशी समानको प्र्रयोग गरौ । स्वदेशी उद्योगीको प्रत्साहनको लागि सरकार तथा उपभोक्तामा आग्रह छ । सरकारले छिटै नै उद्योग मैत्री निती बनाउनेमा विश्वत छु ।
FACEBOOK COMMENTS