काठमाडौं, जेठ १४ – आजदेखि बैंकका सवारी साधन बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्रै चल्न पाउने भएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको बैंठकले निषेधाज्ञा एक हप्ता थप गर्दै आजदेखि लागू हुने गरी नयाँ नियम बनाएको हो ।
बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न अनुमति दिएको छ। त्यसैगरी बीमा, सार्वजनिक संस्था सस्थान, अत्यावश्यक बाहेकका कार्यालय बन्द हुनेछन् ।
FACEBOOK COMMENTS