काठमाण्डौँ – सोमबारदेखि मेगा बैंक आफ्नो स्थापनाकालको आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको छ ।
नवौँ वार्षिकोत्सवको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचनाअनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताए।
अध्यक्ष शाहले आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई बनाउने दाबी गरे।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा, बैंक क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताईन्।
‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ।
गत आर्थिक वर्षमा निक्षेप ११ अर्ब ८२ करोडबाट बढेर ६३ अर्ब पुगेको मेगा बैंकले जनाएको छ।
यसैगरी कर्जा प्रवाह पनि ११ अर्ब बढेर ५७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
मुलुकभर कूल ग्राहक संख्या ५ लाख पुगेको छ।
बैंकका अनुसार स्थापनाको ८ औं वर्ष पूरा गरी नवौंँ वर्षमा आइपुग्दा बैंकले मुलुकभर एक सय एक शाखा विस्तार गरेको छ ।
FACEBOOK COMMENTS