काठमाडौं, जेठ १५ – सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ । सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।
सोहीअनुसार सबै स्थानीय तहमा फोर–जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । दुरसञ्चार सेवाको सेवा चुस्त गरिने बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्व ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
FACEBOOK COMMENTS