काठमाडौं, जेठ १६ – पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ सालको बजेटबारे प्रतिक्रिया दिँदै उनले नहुने चुनावमा एमालेको घोषणापत्र भएको समेत प्रतिक्रिया दिए ।नयाँ बजेट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भनेका छन् : ‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन सिधासादा मतदातालाई ललिपप बॉडेको देखियो।’
उनले पपुलिज्मममा पनि कुनै सिर्जनात्मकता नदेखिएका बताएका छन् । बजेटमा उनै घिसेपिटेका नारा र कार्यक्रममा मात्र भेटिएको बताउँदै उनले भनेका छन्: ‘उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उम्मेदवार नउठाउने बुझियो !’
FACEBOOK COMMENTS