काठमाडौं, जेठ १७ – पूर्व नायब महानिरिक्षक-डीआईजी रमेश खरेल कोरोना संक्रमणमुक्त भएका छन्।संक्रमणपछि गम्भीर बिरामी भएका खरेल दुई साताभन्दा लामो अस्पताल बसाईपछि आइतबार घर फर्किएका हुन्। संक्रमणका कारण उनलाई निमोनिया भएको थियो।
अस्पताल पुर्याउनुअघि नै फोक्सोमा गम्भीर असर भइसकेकाले उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। त्यसै कारण उनलाई आईसीयूमा राखेर उपचार गर्नु परेको थियो।
FACEBOOK COMMENTS