काठमाडौं, जेठ १८ – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको पोखरा महानगरपालिका–२९ शिशुवामा अवस्थित संक्रामक तथा सरुवा रोग अस्पताललाई १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
पोखराकै विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई बैंकको राष्ट्रियस्तरको सहायक कम्पनी ग्लोबल आईएमई लघवित्तले आज मंगलबार पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जीसीको उपस्थितिमा अस्पातालका कार्यकारी निर्देशक डा. विकाश गौचनलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कार्यक्रममा नगर प्रमुख जीसीले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समयसापेक्ष उपयुक्त ठाउँमा सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरे । संघसंस्थाहरूको यस प्रकारको सहयोगका कारण आफूलाई स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको जीसीको भनाइ छ । त्यस्तै अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले ५० शय्या क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिड–१९ संक्रमितले उपचार गराइरहेको बताए ।
सो अवसरमा ग्लोबल आईएमई लघुवित्तका कार्यकारी प्रमुख हरिकृष्ण जोशीले सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले देशव्यापी रुपमा विभिन्न शाखाहरुमार्फत संस्थामा आवद्ध सदस्य, आम सर्वसारण, सुरक्षा निकाय, आश्रमलगायतमा स्वास्थ्य सामग्री, खाद्यान्न, जिन्सी तथा आर्थिक सहयोग गर्दै आइरहेको जानकारी दिए । हालसम्म करिब १३ लाख ७५ हजार रुपैयाँ बराबरको सहयोग गरिसकेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS