काठमाडौं, जेठ १८ – काठमाडौं अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनीयरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा आज भएको छ । यसको सुरुवात यूकेएडको रोजगारीका लागि शीप कार्यक्रम (सीप) र जीनीस सोलुसनले गरेका हुन् ।
नेपालमा पहिलोपटक सुरुवात भएको यो एकेडेमीले हजारौँ विद्यार्थीहरुलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा शीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्ने छ । सन् २०१९ देखि बजारमा आधारित तरिकाहरूको उपयोग गरी यूकेएडले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गर्दै आएको छ ।
यसले प्राथमिकता तोकिएका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि हासिल गर्नका लागि जीनीस सोलुसन लगायतसँग काम गरिरहेको छ ।
यस एकेडेमीको सुरुवात भर्चुअल माध्यमबाट गरिएको थियो । जसमा इन्जिनीयरिङ प्रतिष्ठान, यूकेएड शीप तथा जीनीस सोलुसनका उच्च अधिकारीहरू सहभागी थिए । कार्यक्रममा देशमा हाल भइरहेका शीप विकास तथा रोजगारी सृजनालाई विस्तार गर्ने, द्रूत गतिमा बढाउने बारेमा भएको भविष्यमुखी छलफलमा विभिन्न शैक्षिक संस्था, उद्योग, दातृ निकाय, सञ्चार माध्यमका विविध नेतृत्व तथा पेशाकर्मीहरू र रोजगार अपेक्षीहरूको सहभागिता थियो ।
यूकेएड शीपको सहयोगमा जीनीस सोलुसनले शीप विकासको पहलको नेतृत्व गर्दै आएको छ । जसलाई शिक्षकहरूको थप क्षमता विस्तार गर्न तथा विद्यार्थीहरूको रोजगारी पाउने योग्यतालाई वृद्धि गरिएको छ । यस पहल अनुसार एडब्लूएस तथा क्लाउडमा आधारित अन्य समाधानहरूको प्रयोग, नेपाली उद्योगहरूले गरेका छन् ।
यूकेएड सीप र जीनीसको साझेदारीले नेपालभरका ५० साझेदार कलेजहरूको क्षमतामा सुदृढीकरण भएको छ र २ हजार १०० भन्दा बढी विद्यार्थीहरूलाई भविष्यमा पनि रोजगारी पाइराखिने शीपको विकास गराएको दाबी गरिएको छ ।
FACEBOOK COMMENTS