काठमाडौं, जेठ १९ – कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्धको प्रतिकार्यका लागि ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी र भाजुरत्न ट्रेडिङ कम्पनीले दुई करोड रुपैयाँ सहयोग गरेका छन् । कम्पनीले कोभिड महामारीकोसँग लड्नका लागि विभिन्न क्षेत्रमा सो सहयोग गरेको हो ।
ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ, क्रिएशन नेपाललाई ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
यस्तै ग्रुपले गंगालाल अस्पताललाई ५ लाख रुपैयाँको पीएपीआर सुट प्रदान गरेको छ भने जर्मन अक्सिजन प्लान्टका लागि नेसनल बिजनेस इनिसिएटिभलाई १५ लाख रुपैयाँ सहयोग गरेको बताएको छ ।
त्यसैगरी कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभाएयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित कुल १ करोड २१ लाख रुपैयाँ रकम सहयोग उपलब्ध गराएको जानकारी दिएको छ ।
उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्ने बताइएको छ ।
FACEBOOK COMMENTS