काठमाडौं, जेठ २२ – बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् ।
कोरोना पुष्टि भएपछि जेठ १५ गते अस्पताल भर्ना भएका गल्याङ ११ स्याङ्जाका पुरुषको मृत्यु भएको छ । ३२ बर्षका पुरुषको गएराती उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै आज विहान बर्दघाट नगरपालिका वार्ड ४ बस्ने ४३ बर्षीय महिलाको पनि मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनीलाई जेठ ११ गते कोरोना पोजेटिभ देखीएपछि लुम्बिनी प्रदेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् ।
दुई जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. गौतमले जानकारी दिए ।
FACEBOOK COMMENTS