काठमाडौं, जेठ २२ – दाङ पुर्ख्यौली घर भएका पूर्वमन्त्री दीपक गिरी नेपाली काँग्रेसका नेता हुन् । पारिवारिक माहौलले सानैदेखि नेपाली काँग्रेसमा होमिएका उनले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट काँग्रेसको सक्रिय राजनीति सुरु गरेका थिए । प्रजातन्त्र आउनुपूर्व सत्याग्रहको समयमा नेपाली काँग्रेसको एक्सन कमिटीका केन्द्रीय सदस्य रहेका उनी २०५१ को संसदीय चुनाबमा असफल भएका थिए ।
दोस्रो संविधान सभापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सिँचाइ मन्त्री भए । २०७० सालमा दाङको साबिक क्षेत्र नं ५ बाट निर्वाचित गिरी २०७४ मा दाङको क्षेत्र नं ३ बाट पराजित भए ।
गिरी २०६७ सालदेखि काँग्रेसको केन्द्रीय सदस्यमा निरन्तर छन् । नेपाली काँग्रेसको राजनीतिमा आफ्ना समकालीन भन्दा पछि परेका उनी आफू इमानदार भएर पछि परेको दाबी गर्छन् ।
FACEBOOK COMMENTS