जेठ २३ काठमाडौं– जनताको स्वास्थ्यमाथि प्रत्यक्ष प्रभाव राख्ने आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेका छन् । पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेको हुन । विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’
गठबन्धनले सो निर्णय जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र भएको ठोकुवा गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन जोडदार माग समेत गरेको छ ।
‘यस्तो निर्णयबाट जनताले सुलभ रुपमा पाइरहेको आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेको प्रति विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौ’ गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
२०७८÷७९ का लागि ल्याइएको अध्यादेश बजेट वक्तव्यको बुँदा नं. २११ मा ‘निजी क्षेत्रको सहभागितामा नुन उत्पादन र वितरण प्रतिस्पर्धी बनाइने’ उल्लेख गरिएको छ । नुनको व्यवसाय निजी क्षेत्रलाई सम्पनुका पछाडि यसअघिदेखि नै निकै माथापच्चीसी भैसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले राज्यमन्त्री भएर आएदेखि नै नुनको व्यापार निजी क्षेत्रलाई खोल्न दबाब दिदैं आएका थिए । दुगडले एकोहोरो दबाब दिदैं अहिले आएर बजेटमा नै राख्न सफल भएको छ । यस वाट ग्रामिण भेगमा साल्ट टे«डिङले ९ रुपैया र सहरमा २० रुपैयाँमा उपलब्ध गराई रहेको नुन अव १सय रुपैया माथि पुग्ने पक्का भएको छ ।
FACEBOOK COMMENTS