काठमाडौं, जेठ २५ – कोरोना महामारीले गर्दा बसपार्कस्थित दैनिक ज्यालादारी मजदुर गर्नेहरुलाई राहत स्वरुप के एल दुगडले खाद्य सामाग्री बितरण गरेको छ । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितीमा बितरण गरिएको थियो ।
२०७८–०२–२४ गते मात्रै १०० जना मजदुरहरुलाई खाद्य सामाग्री बितरण गरिएको थियो । बिराटनगरस्थित बिराटनगर बसपार्कमा कार्यरत मजदुरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्रीहरु बितरण हो ।
त्यस्तै, के एल दुगड समुहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ ।
उक्त कार्यक्रम २०७८ असार मसान्त सम्म रहनेछ भने नेपालगन्जस्थित भेरी अस्पतालमा सन्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ । उक्त सहयोगले उक्त अस्पातलमा सन्चालित भोजन जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ ।
FACEBOOK COMMENTS