काठमाडौं, जेठ २६ – भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् वितरणमा नेपालले रोक लगाएको छ ।
कोरोनाभाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले वितरणमा रोक लगाएको हो ।
विभागले पतञ्जलीले उपहारस्वरुप दिएका ती किट् नेपालको औषधि व्यवस्था विभागमा दर्ता नभएको समेत जनाएको छ । पतञ्जलीको तर्फबाट गतसाता १५०० किट् तत्कालिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बुझाइएको थियो ।विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले उक्त किट्ले स्वास्थ्यमा असर नपर्ने देखिएपनि विभागमा दर्ता नभएकाले वितरण नगर्ने निर्णय गरिएको बताए ।यसअघि भुटानले पनि कोरोनिल किट्मा रोक लगाइसकेको छ ।
FACEBOOK COMMENTS