काठमाडौं– नेपाल वायुसेवा निगमले पाँच वर्षअघि साढे तीन अर्ब रुपैयाँमा भित्रिएको चिनियाँ जहाज बिक्री गर्ने भएको छ।
चीन सरकारले दुईवटा अनुदानमा दिएर चार वटा जहाज साढे तीन अर्ब रुपैयाँमा नेपाललाई बिक्री गरेको थियो।
जहाज नेपाल ल्याउनेवित्तिकै एकपछि अर्को समस्या झेल्दै आएको छ। जहाज विग्रिएमा पाटपूर्जा समेत पाउन कठिनाई भएपछि बिक्री गर्ने टुंगोमा निगम पुगेको हो।
चीनबाट १८ सीट क्षमताको वाई–१२ई जहाज चार वटा र एमए –६० दुईवटा जहाज ल्याइएको थियो। झण्डै चार वर्ष त्रिभुवन विमानस्थलको चौंरमा थन्किएको जहाज निगमको कार्यकारी अध्यक्षको रुपमा खरेल आएपछि उडाउन थालिएको थियो। खरेल महाप्रवन्धक हुँदा चीनले केही जहाज हस्तान्तरण गरेको थियो।
प्राधिकरणले लुक्ला, सिमीकोट, जुफाल, मुगुको ताल्चामा उडानमा चमत्कारिक आम्दानी गरेको थियो। तर यो धेरै समय टिकेन्। जहाजमा खराबी आउन थाल्यो र समयमा पाटपूर्जा आउनै नसकेपछि निगमले बिक्रीको विकल्प अगाडि सारेको हो।
FACEBOOK COMMENTS