काठमाडौं, जेठ २८ – बागमती प्रदेश सभाको नीति तथा कार्यक्रममा वोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले धर्म परिर्वतन रोक्नका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेकी छिन् । बागमती प्रदेशमा सवैभन्दा धेरै बसोवास गर्ने आदिवासी जनजाति भएकाले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सरकार अग्रसर हुनुपर्ने उनले बताएकी हुन् ।
संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन नसकेमा धर्म परिवर्तनले यो प्रदेशको मौलिकता, गहना अस्ताएर जाने वताउँदै उनले धर्म परिवर्तन रोक्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिनु पर्ने माग गरेकी हुन् । धर्म, संस्कार, संस्कृति र रितिरिवाज धर्म परिवर्तनले खाईसकेको बताउँदै यदि यो क्रम नरोकिने हो भने पहिचान विनाको आदिवासी जनजाति स्थापित हुने बताइन् ।
साँसद माझीले खोपको नीति ल्याए पनि कहिले ल्याउने, कति ल्याउने निक्र्यौल गरि समयमा टुङ्गो लगाउनु पर्ने वताइन् । साँसद माझीले जलविद्युतबाट विस्थापित हुने माझी लगायत समुदायको संरक्षण हुने गरि प्रतिवद्धता सहित कम क्षतिमा कार्य गर्न समेत माग गरिन् ।
FACEBOOK COMMENTS