काठमाडौं, जेठ २९ – नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रकम सहयोग गरेको हो ।
बैंकका क्षेत्रीय प्रबन्धक पूणर् बहादुर श्रेष्ठले दिनु भई नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका सदस्य नविन रिजाल, मोरंग व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी, वरिष्ठ अधिकृत विनय कणर् लाभ, एभरेष्ट बैंक लि., विराटनगरका शाखा प्रबन्धक साजन के.सी र क्षेत्रीय कार्यालयका रमेश भण्डारीको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS