काठमाडौं, जेठ ३० उपभोक्ताको स्वास्थमाथी प्रत्यक्ष प्रभाव पार्ने आयोडीन युक्त नुन सरकार साँझेदार संस्था साल्ट ट्रेडिङले सुपथ मूल्यमा देशभर सहज आपूर्ति र विक्री वितरण गर्दै आइरहेकोमा वजेट मार्फत नीजी कम्पनीलाई अनुमति दिनु शंकास्पद रहेको कञ्जुमर आई नेपाल जनाएको छ ।
विज्ञप्ति मार्फत कञ्जुमर आई नेपालले भनेको छ कोरोना महामारीका कारण सिंगो मुलुक नै आतंकित भैरहेको छ। नीजी क्षेत्रका व्यवसायीहरूबाट कोरोना संक्रमितहरूको औषधि र स्वास्थ उपचारमा नै कालोबजारी भैरहेको उपभोक्ताको गुनासो छ । यसैवीच सरकारले हालै सार्वजानिक गरेको वजेट भाषण मार्फत सवै तह र क्षेत्रका उपभोक्ताले उपभोग गर्ने आयोडीन युक्त नुनमा अनुदान दिई सरकार नियन्त्रित साँझेदार संस्थाले आपूर्ति र वितरण गरिरहेकोमा नीजी कम्पनीलाई विक्री वितरण गर्न दिने अनुमतिको जनस्वास्थ माथिकै खेलवाड हो ।
उपभोक्ताको स्वास्थमाथी प्रत्यक्ष प्रभाव पार्ने आयोडीन युक्त नुन सरकार साँझेदार संस्था साल्ट ट्रेडिङले सुपथ मूल्यमा देशभर सहज आपूर्ति र विक्री वितरण गर्दै आइरहेकोमा वजेट मार्फत नीजी कम्पनीलाई अनुमति दिनु शंकास्पद रहेको छ । नीजी क्षेत्रलाई सहभागी गराउनु भनेको बजारका अन्य वस्तुमा जस्तै नुनमा पनि कालो बजारी , कृतिम अभाव र न्यूनगुणस्तरको हुनगई आम उपभोक्तामा प्रतिकुल असर पर्ने हुदा उक्त वजेट शिर्षक २११ लाई खारेज गरी नुनको सहजतामा ध्यानदिन कञ्जुमर आई नेपाल अनुरोध गर्दछ ।
संविधानले समेत प्रदत्त गरेको उपभोक्ताको हकमा गुणस्तरीय वस्तु तथा सेवाको उपभोग गर्न पाउने हक साथै सरकारले जनता समक्ष गरेको प्रतिवद्धता र दायित्व नै उल्टाउदै गरिएको निर्णय प्रति यस संस्थाले गंभीर ध्यानाकर्षक गराउदछ। जनताले सुलभ रूपमा पाईरहेको आयोडीन युक्त नुनमा समेत नीजी व्यापारकालागी अनुमति दिनु वदनियतपूर्ण कदम हो। यसै विज्ञप्ति मार्फत उक्त निर्णय तत्काल फिर्तालिन जोडदार माग समेत गर्दछ।
FACEBOOK COMMENTS