काठमाडौं, जेठ ३१ – आइतबार डेनिस पत्रिकाले लेखेजस्तो ‘डेनमार्क हारयो, जीवनले जित्यो ।’ निकै कठिन रातमा अन्ततः कोपेनहेगनले राहतको सास फेरयो । युरोकपअन्तर्गत फिनल्यान्डविरुद्धको डेनमार्कको सुरुवाती खेलमा घाइते भएका क्रिस्टियन इक्सिन होशमा आए र उनको अवस्था ‘स्थिर’ बन्योे ।
उनी आसपास रहेकाहरूले निकै तीव्र रूपमा काम गरेका थिए । त्यही तीव्रताले पनि सायद यी मिडफिल्डरको ज्यान जोगाएको हुनसक्छ । पहिलो दृश्यमा सिमो क्येर र डेनमार्कका खेलाडीहरू छन् । थ्रो ई रिसिभ गर्न खोज्दा इरिक्सन ढलेपछि कोपेनहेगन पार्केन रङ्गशालमा काम्न थाल्यो ।
डेनमार्कका कप्तान सिमोन क्येर दृश्यमा देखिएका पहिलो खेलाडी थिए । उनले इरिक्सनको एयरवेजलाई सफा गर्न खोजे । दुवै टोलीका खेलाडीहरूले हतार गर्न मेडिकल स्टाफलाई आग्रह गरे ।
उनलाई जोगाइयो तर त्रस्त अवस्थामा रहेका इरिक्सनका साथीहरू उनी वरपर घेरा हालेर बसे । खेल हेरेर बसेका १५ हजार २ सय समर्थक र टेलिभिजनमार्फत खेल हेर्ने दशौँ लाखसामु केही गोपनीयता रहोस् भन्ने उनीहरू चाहना थियो ।
धेरै खेलाडीहरूको आँखामा आँशु थियो । कोही प्रार्थना गरिरहेका थिए । इन्टर मिलानका २९ वर्षीय स्टारलाई अन्ततः स्ट्रेचरमा हालेर अस्पताल लगियो । जब इक्सिन होशमा आए भन्ने खबर प्राप्त भयो, त्यसपछि बल्ल खेल सुरु भयो र फिनल्यान्ड १–० ले विजयी भयो ।
तत्काल तीव्र रूपमा मेडिकल एटेन्सन दिइएकाले उनको ज्यान जोगिएको स्पोर्टस् कार्डियोलोजिस्ट प्रोफेसर सञ्जय शर्मा बताउँछन् ।
FACEBOOK COMMENTS