काठमाडौं। सिन्धुपाल्चोकका बाढीपीडित परिवारलाई नेपाल आयल निगमले खाना पकाउने ग्यास सहयोग गर्ने भएको छ ।
मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढीपीडितलाई आयल निगमले एक/एक थान ग्यास, ३० वटा ग्यास चुलो र केही खाद्यान्न राहत स्वरूप जिल्ला विपत् व्यवस्थापन समितिसँग समन्वय गरी हस्तान्तरण गरेको जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची बजारसहित आसपासका क्षेत्रमा बाढीले सयौं परिवारलाई घरबारविहीन बनाएको छ ।
FACEBOOK COMMENTS