लमजुङ । हिमाली जिल्ला मनाङको विकट नार्पाभूमि गाउँपालिकामा हेलिकप्टर मार्फत कोरोना सङ्क्रमणविरुद्धको खोप पु¥याइएको छ । मनाङबाट निर्वाचित प्रतिनिधि सभा (विघटित) सदस्य पोल्देन छाेपाङ गुरुङले राहत सामग्री ल्याएको हेलिकप्टरमा खोप लगिएको हो ।
सदरमुकाम चामे बाट हिँडे र दु्ई दिनमा पुगिने विकट नारफूगाउँका नागरिकका लागि खोप पु¥याइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । चारहजार मिटर उचाइमा रहेको फूगाउँ र चार हजार २८५ मिटर उचाइमा रहेको नारगाउँमा खोप लगाउन छुटेका नागरिकलाई लक्षित गरी खोप लगिएको आचार्यले बताए ।
पहिलोमात्राको खोप लगाएको र विभिन्न कारण दोस्रो मात्राको खोप नलगाएका १९० जना र पहिलो मात्रा नै नलगाएका १५० जनाले खोप लगाउन पाउने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS