काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको अन्तिम कारोबारको दिन आज विहिबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १६.९६ अंकले घटेर दुई हजार ८ सय ४३ विन्दुमा थामिएको छ । त्यस्तै, आजको कारोबार पनि निराशाजनक रहेको छ । आज नेप्सेमा ७ अर्ब ३३ करोड ६० लाख बराबरको कारोबार भएको छ । हिजो बुधबार पनि नेप्सेमा ८ अर्बको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS