काठमाण्डौं – सन् २०१९ मा विश्वमा हवाइ उडान र होटलको भाडा बढ्ने अनुमान गरिएको छ । विश्व अर्थतन्त्र सुदृढ बन्दै गएको र तेलको भाउ पनि बढ्दै गएकाले हवाइ उडानको भाडा २ दशमलव ६ प्रतिशतले बढ्न सक्ने काल्सन वागोन्लिट ट्राभल र ग्लोबल विजनेश ट्राभल एसोशियनले संयुक्त रुपमा सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको हो ।
त्यस्तै आगामी वर्ष होटलको भाउ ३ दशमलव ७ प्रतिशतले बढ्ने प्रतिवेदनमा अनुमान गरिएको छ । विश्व अर्थतन्त्रमा व्यापार युद्धले निम्त्याउने उधोँगतिको जोखिम यथावत् नै रहेको भएपनि होटल र हवाइ उडानको भाडामा भने वृद्धि हुने बताइएको छ ।
भारत, न्यूजिल्याण्ड, नर्वे, जर्मनी र चिलि लगायतका केही राष्टको हवाइ उडान ७ प्रतिशतसम्मले बढ्ने प्रतिवेदनमा भनिएको छ । इन्धन र श्रम लगायतका विमानसेवाको लागत बढ्दै जानुले र नाफा मार्जिन कायम राख्नका लागि पनि भाडा बढाउन विमानसेवाहरु बाध्य भएको विश्लेषण गरिएको छ ।
जीबीटीए र सीडब्ल्यूटीले गरेको प्रक्षेपणअनुसार अर्को वर्ष हवाइ उडानको भाडामा हुने वृद्धिका कारण होटलको भाडादर वृद्धिले टेवा पाउने छ । हवाइ उडानमा हुने वृद्धिका कारण होटलका कोठाको माग स्वतस् बढ्ने र यसैले भाडा पनि बढ्ने अनुमानले थप बल पाएको हो । आगामी वर्ष होटलको कोठाको भाडा एशिया र यूरोपमा ५ प्रतिशतले बढ्ने र उत्तरी अमेरिकामा भाडा २ दशमलव १ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । एजेन्सी
FACEBOOK COMMENTS