काठमाडौं ।नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन भएको छ । नेशनल हेल्थकेयर प्राइभेट लिभिटेडले हिजोबाट नेपालमा उत्पादित रिम्डेसिभिर बजारमा ल्याएको हो । कोरोना संक्रमितको उपचारमा निकै महत्वपूर्ण मानिएको सो औषधि नेपालमा उत्पादन नहुँदा विगतमा आपूर्तिमा समस्या हुने गरेको थियो ।
औषधि व्यबस्था विमागले करीब एक महिना अघि सो कम्पनीलाई नेपालमा रिम्डेसिभिर उत्पादन गर्न अनुमति दिएको विभागका सूचना अधिकारी शन्तोष केशीले बताउनुभयो ।
हेल्थकेयर प्राइभेट लिभिटेडका बजार उपव्यबस्थापक अजय पाण्डेले हिजोबाट सो औषधि बजारमा लाएको प्रति भाइल तीन हजार पाँच सय रुपियाँ रहेको बताउनुभयो । उहाँले साे औषधिकाे ब्राण्ड न]म रेमसिभिर रहेकाे बताउनुभयाे ।
FACEBOOK COMMENTS