काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप बढेको छ । आर्थिक गतिविधि खस्किँदा र दैनिक जीवनयापनमा समस्या आउन थालेपछि सरकारले निषेधाज्ञा निकै खुकुलो पारेको छ। यससँगै रोग प्रसारको जोखिम भने बढेको छ । विज्ञहरू भन्छन्, ‘सावधानी अपनाउनु अत्यावश्यक छ ।’
भाइरोलोजिष्ट एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बासुदेव पाण्डेका अनुसार, अहिले कोरोना संक्रमणको ‘चेन ब्रेक’ भएको छैन। संक्रमणको जोखिम कायमै छ । ‘चेन ब्रेक भएर आवागमन खुला गरिएको होइन’, डा। पाण्डेले भने, ‘संक्रमणको जोखिम हटेको छैन। बाहिर निस्कँदा सतर्कता अपनाउनै पर्छ ।’
काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS