काठमाडौं । भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानहरुबाट मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएको छ । सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लगि सम्झौता गरेका मेडिकल कलेजहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।
यसअघि, सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाहरुको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।
साथै, निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन पनि मन्त्रालयले आग्रह गरेको छ ।सरकारले यसअघि विभिन्न निजी अस्पतालहरुसँग सम्झौता गरी कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो । सामान्य संक्रमितको उपचार गरेबापत तीन हजार ५००, अक्सिजनसहितका संक्रमितको सात हजार र सघन उपचार गरेबापत १५ हजार दैनिक प्रतिव्यक्ति रकम उपलब्ध गराउँदै आएको थियो ।
FACEBOOK COMMENTS