काठमाडौं । आज देशभर ३ हजार ५९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। संक्रमित निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ। हालसम्म ५ लाख ९६ हजार १३२ जना संक्रमित निको भइसकेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १८७ जना पिअिसार परीक्षण गर्दा १ हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो।
FACEBOOK COMMENTS