काठमाडौं ।लोकप्रिय लोकगायक गंगा बरदानको नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी सार्वजनिक गरिएको छ । २०६० सालपछि कुनै पनि गीत नल्याएका बरदानले १८ वर्षपछि यो गीत ल्याएका हुन् ।राजीब हलवाईको रचना तथा बरदानकै संगीत रहेको गीतमा सृजन नेपालको संगीत संयोजन रहेको छ । उमेरले ६९ पुगेका बरदानले संगीतमा ५० बर्ष बिताएका छन् । उनी आफ्नो पुरानो गीत फेरि रेकर्ड गर्ने योजनामा छन् ।
संगीतकार समेत रहेका बरदानका ‘छपनीले छान’, ‘कहाँमा काट्यो बेतको लौरी’, ‘बजारै भरौन धरानै’, ‘सुपाडी कुटुक्क’, ‘माया गर्ने बानी उल्टै गर्छ हानी’, ‘जीउको मासु’ लगायत थुप्रै गीत लोकप्रिय छन् ।
FACEBOOK COMMENTS