काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख मात्रा खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका एक अधिकारीका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सन कम्पनीको खोप सोमबार आइपुग्ने छ ।
जोन्सनको ‘जेन्सेन एडी २६ सीओभी २’ एक मात्रा लगाए पुग्ने खोप हो । जोन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ ।
विश्व स्वास्थ्य सङ्गठनको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ ।
यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS