कोपा अमेरिका को फाईनल नेपालि समयअनुसार आइतबार बिहान ५ः४५मा ब्राजिल र अर्जेन्टिनाबीच फाइनल हुदैछ । यसको नतिजाले दक्षिण अमेरिकी च्याम्पियन दिनेछ ।
युवा स्टार नेयमरको ब्राजिल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । उसलाई फेरि उपाधि जित्नबाट छेक्ने काम लियोनल मेसीको अर्जेन्टिनाले गर्नेछ । उत्तिकै रमाइलो तथ्य के छ भने यी दुई फुटबलका परम्परागत महाशक्तिले संयुक्त रूपमा सातपल्ट विश्वकप जितेका छन् भने २३ पल्ट कोपा अमेरिका । सन् १९९३ यता अर्जेन्टिनाले कोपा जित्न सकेको छैन । मेसीले न त आफ्नो देशका लागि कुनै ठूलो उपाधि हात पार्न सकेका छैनन्, जत्तिकै ठूलो स्टार भए पनि । मेसीले तीनपल्ट कोपा अमेरिकाको फाइनल खेलिसकेका छन्, २००७, २०१५ र २०१६ मा । तिनै मेसीले सन् २०१४ को विश्वकप फाइनल खेलेको थियो । सबै अवसरमा अर्जेन्टिनाले मार खाएको छ ।
रमाइलो पक्ष यस खेलमा मेसी र नेयमर दुवै मन मिल्ने साथी हुन् । उनीहरूले सन् २०१५ मा बार्सिलोनाका लागि युरोपेली च्याम्पियन्स लिग जिते । सन् २०११ मा पनि उनीहरू प्रतिद्वन्द्वी थिए, जतिबेला बार्सिलोनाले क्लब वर्ल्डकपमा ब्राजिलको सान्तोसलाई ४–० ले हराएको थियो । अर्जेन्टिना र ब्राजिलबीच सयपल्ट भन्दा बढी खेल भइसकेको छ । यी खेलमध्ये फाइनलकै रूपमा भएको भने चार अवसरमा हो । त्यसमध्ये सन् १९३७ मा अर्जेन्टिनाले दक्षिण अमेरिकी च्याम्पियनसिप जित्न ब्राजिललाई २–० ले हराएको थियो ।
FACEBOOK COMMENTS