काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ आज साढे ९ बजे बाँडफाँड हुने भएको छ । आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा हुने छ ।
मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाख १ हजार ९१९ जनाले आवेदन दिएका छन् । २ अर्ब ६१ करोड ५५ लाख १ हजार रुपैयाँको २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले अघिल्लो बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको थियो ।
३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो भने ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।
FACEBOOK COMMENTS