काठमाडौं । प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गरेका छन् ।
सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए । उनले भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जनताबाट रोक्न कसले सक्छ ?’
FACEBOOK COMMENTS