काठमाडौं । शितलनिवासले नियुक्ति सच्याएसँगै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर, नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएपछि सपथ कार्यक्रम नै ढिला भएको छ ।
अन्ततः राष्ट्रपति कार्यालयले नियुक्ति भाषा सच्याएपछि मात्रै देउवाले सपथ लिएका हुन् । उनीले राष्ट्रपतिबाट सपथ लिएसँगै चार सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् ।
उनको मन्त्रिपरिषद्मा आफ्नो दल नेपाली कांग्रेस र प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रबाट २÷२ जना मन्त्री नियुक्त भएका छन् ।
जसअनुसार कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS