काठमाडौँ ।नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीबाट पदभार ग्रहण गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफुले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा चाहिन्छ, केवल मलाई काम चाहिन्छ ।’
यो सबैको साझा प्रतिवद्धता हुनुपर्ने उनको भनाइ छ । आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उनले बताए ।
व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा महल्म लगाउने र कोभिड १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन आफुले भूमिका खेल्ने उनले बताए ।मन्त्रालयबाट भइरहेको कामदाई आफुले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गरे ।
उनले निष्ठा, इमानदारी र पारदर्शीतालाई भने नभूल्न समेत सचेत गराए । शर्माको काँधमा महामारीबाट अर्थतन्त्रलाई उकास्दै जनअपेक्षा पुरा गर्ने गहन जिम्मेवारी आएको छ ।
FACEBOOK COMMENTS