काठमाडौँ ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले बधाई तथा शुभकामना दिएको छ ।राजदूत विनयमोहन क्वात्राले बुधबार देउवालाई भेट गर्दै उनको कार्यकालमा दुई मुलुकबीच सम्बन्ध थप सुद्धढ हुने तथा नागरिक तहको सम्बन्ध प्रगाढ हुने ट्वीट गरेका छन् ।भारत र नेपालको बहुपक्षीय सम्बन्धलाई बलियो तुल्याउँदै साझा हित र समृद्धिको विषयमा मिलेर काम गर्ने इच्छा पनि उनले व्यक्त गरेका छन् । अमेरिका, युरोपेली युनियनपछि भारतले देउवालाई बधाई दिएको हो ।
Honoured to call on @DeubaSherbdr; extended congratulations and best wishes on becoming PM of Nepal. Looking forward to working with his team to deepen the multifaceted India-Nepal partnership and people-to-people ties for common progress and prosperity.
@MEAIndia@PMOIndia pic.twitter.com/zKxzLJcG1C— IndiaInNepal (@IndiaInNepal) July 14, 2021
FACEBOOK COMMENTS