काठमाडौँ — कतारमा निर्माणाधीन विश्वकप रंगशालामा कार्यरत नेपाली श्रमिक रोजगारदाताबाट लागत शुल्क फिर्ता पाउनबाट वञ्चित भएका छन् ।
श्रमिकले म्यानपावरलाई भुक्तानी गरेको लागत शुल्कको रसिद पेस गर्न नसकेपछि रोजगारदाताले लागत शुल्क फिर्ता नगरेका हुन् ।
रंगशाला निर्माण गर्ने ठेकेदार कम्पनीले ‘सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी’ को श्रमिक कल्याणकारी मापदण्ड पूर्ण रूपमा पालना नगरेका हुन् ।
सुप्रिम कमिटी रंगशाला निर्माणको नियमन गर्ने सर्वोच्च निकाय हो ।
सन् २०२२ को विश्वकपका लागि ८ वटा रंगशालामा खेल हुँदै छ ।
निर्माणमा झन्डै ३० प्रतिशत नेपाली श्रमिक संलग्न छन् ।
.— कान्तिपुर
FACEBOOK COMMENTS