काठमाडौं ।आज उच्च अदालत पाटनको आकस्मिक निरीक्षण गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले सडकका ताली र गालीले न्यायालयलाई कुनै प्रभाव नपर्ने बताउनुभएको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासको सोमबारको फैसलापछि न्यायालयविरुद्ध भर्खरै बहिर्गमित सत्ताले सडक तताइरहेका बेला आज आकस्मिक रुपमा उच्च अदालत पाटनको निरीक्षणका लागि पुग्नुभएका राणाले यस्तो बताउनुभएको हो ।
३३ न्यायाधीश र ६० जना कर्मचारीलाई राखेर करिब एक घण्टा मन्तव्य दिनुभएका राणाले न्यायालय र न्यायाधीशका विरुद्ध सडकमा भएका गतिविधिले न्यायपालिकाको निष्पक्षतामा कुनै असर नपार्ने बताउनुभयो ।उहाँले कसैका तालीले उत्साहित हुन र सडकका गालीबाट अत्तालिन नपर्ने भन्दै संयमित र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन पनि दिनुभयो ।‘न्यायालयप्रतिको आस्था र गरिमा अहिले बढेको छ,न्याय मर्न दिनु हुँदैन । कर्तव्य पथमा निरन्तर लागिरहनुपर्छ । यसैलाई निरन्तरता दिनुहोला’,प्रधानन्यायाधीश राणाले भन्नुभयो ।
साढे ३ बजे उच्च अदालत पुग्नुभएका राणा एक घण्टा बसेर साढे ४ बजे त्यहाँबाट निस्कनुभएको थियो ।
FACEBOOK COMMENTS