काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को खोप सबै नागरिकले पाउने भन्दै संयमित बनिदिन आग्रह गरेको छ ।
‘चरणवद्ध तरिकाले लक्षित वर्गहरुलाई उमेर समुह अनुसार खोप लगाइँदै सबै नागरिकलाई खोप लगाइने भएकाले आफ्नो पालो अनुसार तोकिएको वर्ग खुल्ने परिचय पत्रसहित खोप लगाउन सहजीकरण गरिदिनु हुन र अरुको खोप लगाउने पालोमा भिडभाड नगरी खोप अभियानमा सहयोग गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ‘आगामी साउन ६ गतेदेखि सरकारले खरिद खरेका खोपहरु चीनाबट निरन्तरत नेपाल आउँदैछन् । साउन १५ गते भित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारीरहने छ । हामी सबैले खोप लगाउन पाउने छौं । त्यसैले सबैमा संयमित भई खोप अभियान सफल बनाउन सहयोग गरिदिनु हुन सार्वजनिक अनुरोध छ ।’
मन्त्रालयका अुनसार कोरोना खोपको व्यवस्था भइ केही दिनदेखि भेरोसेलका खोपहरु विभिन्न प्रदेशका जिल्लाहरुमा पुगि खोप अभियान प्रारम्भ भएको तथा केही आज शनिवार तथा केही भोली आइतबारदेखि सु्रु हुने र जोन्सन एण्ड जोन्सनको खोप पनि अभियान सञ्चालन हुने गरी विभिन्न जिल्लाहरुमा पुगिसकेको जनाएको छ ।
FACEBOOK COMMENTS