काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउँदै एनएमबि बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ ।
समाज कल्याण परिषदमा आवद्घ भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र सबै सदस्यहरूले समाज कल्याण परिषदलाई तिर्नुपर्ने सम्पूर्ण भुक्तानीहरू विद्युतीय प्रणाली (अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा भृकुटीमण्डप सञ्चालन कार्यालयका कार्यालय प्रमुख रामराज भट्टराईले समाज कल्याण परिषदले अनलाईन भुक्तानी कार्य शुरु गरेकोमा खुशी व्यक्त गरेका छन् ।
एनएमबि बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि नगदसहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मूल्यवान ग्राहकलाई डिजटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैसे गर्ने प्रयास रहेको बताए ।
FACEBOOK COMMENTS