काठमाडौं । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।
तर, तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिएका छन् ।
तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महशुस हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS