काठमाडौं । पछिल्लो समय बैंकमा कर्जाको माग नहुँदा पैसा निकै थुप्रिएको छ । नेपाल बैंकसं संघका अनुसार एक साताको अवधिमा बैंकमा ८२ अर्ब निक्षेप संकलन हुँदा कर्जाको माग जम्मा ४२ अर्ब मात्रै रहेको छ । संघका अनुसार असार २५ गतेसम्म बैंकले ४१ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा एक सातामा नै ८२ अर्ब निक्षेप थपिएर असार ३१ गतेसम्म आईपुग्दा बैंकमा ४२ खर्ब १ अर्ब निक्षेप थुप्रिएको छ । संघका अनुसार यो अवधिमा कर्जाको माग भने निकै कम देखिएको छ ।
एक सातामा जम्मा ४२ अर्ब मात्रै ऋण लगानी भएको छ । संघका अनुसार असार २५ गतेसम्म ३६ खर्ब ७९ अर्ब रुपैयाँ कर्जाको माग भएको थियो । एक साताको अवधिमा कर्जाको माग ४२ अर्बले बढ्दा ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्त आर्थिक वर्ष सकिने बेला भएका कारण तथा कर तिर्नुपर्ने भएका कारण पनि बैंकमा निक्षेप थुप्रिएको र कर्जाको माग कम भएको बताइने गरिएको छ ।
FACEBOOK COMMENTS