काठमाडौं । प्रभु बैंकले कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बसुन्धारास्थित सो हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।
सहयोग सम्बन्धमा आज मंगलबार आयोजित एक कार्यक्रममार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रभु बैंकबाट उपलब्ध गराइने उक्त आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्रीहरू खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रूपमा विपन्न बिरामीहरूको निःशुल्क उपचार गर्ने अस्पतालको योजना छ ।
यो सम्झौताबाट अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अत्याधुनिक स्वास्थ्य सामग्रीहरूको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्ने विश्वास बैंकले लिएको छ । साथै बैंकले समाजपयोगी कार्यक्रमहरूलाई आगामी दिनहरूमा समेत निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS