काठमाडौं । ‘टीभीएस एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनशीप २०२१’ सम्पन्न भएको छ । टीभीएस एनटर्क सुपर स्क्वाड इडिशनको सहकार्यमा आयोजित यो प्रतियोगिता एक इम्पोर्टस प्रतियोगिता हो ।
देशभरका ६६० वटा भन्दा बढी टोलीले उक्त प्रतियोगिताका लागि प्रतिस्पर्धा गरेका थिए । २० दिनको अवधिमा दर्ता गरिएका टोलीहरूले टीभीएस एनटर्क स्कुटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।
यो प्रतियोगिता जगदम्बा मोटर्स–टीभीएसले नेपाली गेमिङको समुदायलाई सहयोग पुर्याउनका लागि आरम्भ गरिएको कम्पनीले बताएको छ । ‘यो एउटा कर्पोरेट कम्पनीले नेपालको स्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नका लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्याएको छ,’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने ।
जुन १, २०२१ मा शुरू भएको यो प्रतियोगिता जुलाई १६, २०२१ मा सम्पन्न भएको थियो । फाइनलमा ४८ वटा टीमहरू (प्रत्येक समूहमा १६ जना) गरी सामेल गरिएका थिए । टोलीहरूलाई तीन समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगिताका तीन जना भाग्यशाली बिजेताले टीभीएस एनटर्कस सुपर स्क्वाड मार्वल थिम्स एडिसन स्कूटरका तीन सिरिजहरू जित्न सफल भएका छन् ।
FACEBOOK COMMENTS