काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटले नीति क्षेत्रलाई उत्साहित बनाएको बताउनु भएको छ । परिसंघको १८ औं बार्षिक साधारणसभामा यस्तो बताउनु भएको हो ।
उहाँले बजेटमा आर्थिक पुनरुत्थानका लागि धेरै कुरा समेटेको भन्दै त्यसको कार्यान्वयन प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले अहिले सबैको लागि खोप आवश्यक भएको भन्दै तत्कालै खोपको व्यवस्था गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष मोरले कानूनलाई अन्तिम रुप दिने बेलामा नीति क्षेत्रसँग गरेको छलफल र राय अुनसार ऐन कानून, नियमावली नआउनाले अर्थतन्त्रमा समस्या देखिने गरेको जानकारी गराउनुभयो । उहाँले कोरोनाको पहिलो लहरमा ८० प्रतिशत उद्योग बन्द भएको जानकारी गराउनुभयो । उहाँले स्थानीय तहले अनावश्यक दोहोरो कर लिएको गुनासो गर्नुभयो । दोहोरो करले उद्योगी व्यवसायीलाई समस्या भएको जानकारी गराउनुभयो । यो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।
FACEBOOK COMMENTS