काठमाडौं । चीनबाट नेपालले खरिद गरेको ४० लाख भेराेसेल खाेपकाे थप खोप आज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ३३० शुक्रबार १ः३० बजे काठमाडौं अवतरण भएसँगै नेपालले खरिद गरेकाे २५ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।
निगमको वाइडवडी ३३० जहाजले एक पटकमा आठ लाख डोज ‘भेरोसेल’ खोप कार्गो गर्ने छ । विहीबार २.०० वजे काठमाडौं आएपछि जहाज पुन वेइजिङ पुगेर खोप ल्याएको हो । बुधबार राती ११ बजे वेइजिङतर्फ उडेको जहाजले आठ लाख डोज खोपकाे कार्गो ल्याएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।
चौथो पटक खोप ल्याउन निगमको वाइडबडी ३३० जहाज शनिबार पुनः वेइजिङ उड्ने उहाँले जानकारी दिनुभयो । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० बर्ष माथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।
यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो । हालसम्म करिव २५ लाख डोज खोप ल्याई सकेको निगमले जनाएको छ । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप ल्याउने तय भएकाे थियाे ।
FACEBOOK COMMENTS