पोखरा, ८ साउन । पोखरा उद्योग वाणिज्य संघका पूर्वध्यक्ष विन्दुकुमार थापा गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसको कोटाबाट थापा मन्त्री नियुक्त भएका हुन् । थापासहित गण्डकी प्रदेशमा आज ६ जना मन्त्री थपिएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो दल नेपाली कांग्रेसबाट ३ जना र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्री थप गरेका हुन् । जसअनुसार कांग्रेसबाटै आज मन्त्री हुने थप दुईजना मणिभद्र शर्मा र मेषलाल श्रेष्ठ हुन् । उनीहरूलाई क्रमशः पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका रामजी बराललाई अर्थ, दीपक चर्ती मगरलाई वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढालाई भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
FACEBOOK COMMENTS